जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन्

२०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई ११ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आज बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहँदा भाग्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

गछिया युवा समाजको वार्षिकोत्सवमा ६० विद्यार्थीलाई शैक्षिक सामग्री