काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अङ्कले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले बढेर १५७ दशमलव ३३ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैङ्क डिबेञ्चर, ग्लोबल आइएमई बैङ्क डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैङ्कको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित समाचार
भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
७ करोड २५ लाख बाँड्ने सरकारको निर्णय गैरकानुनी !
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
अर्थमन्त्री डा. वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त
एक करोड ९४ लाख राजस्व सङ्कलन
ग्लोबल आइएमई बैंकको नाइमा अफर






