सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

बिहीबार साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन्। प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आज पूरा भएको छ।

प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने भनिए पनि निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरु भएको थियो। प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार काम गरेको बताए। उनले अधिकार नदिने काम गर्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालनका क्रममा भएका काम’bout धारणा राखेका थिए।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी