नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ स्थित टोखा–छहरे सडकखण्डमा काठमाडौंबाट दुप्चेश्वर जाँदै गरेको बस आफैं गुडेर सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बसमा सवार बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र इभी भ्यान दुवै सडकबाट करिब ४० मिटर तल खसेका थिए ।
घाइते ३ महिलाको काठमाडौंको सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । बस रोकिएपछि चालक र यात्रुहरू खाजा खान गएका बेला बस अचानक गुडेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ । प्रहरीले बस चालक सिताराम आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
जनकपुरमा सद्भाव र्याली
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक (पत्रसहित)
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै
रोल्पामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरियो, दुईको मृत्यु
रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता






