काठमाडौं । सशक्त लेखन शैलीका माध्यमबाट बस्तु र सेवा क्षेत्रका बिषय बस्तु उजागर गर्दै उपभोक्ता जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भनी उपभोक्ता हित संरक्षण मञ्च नेपालले राजधानी दैनिक मधेश व्यूरो प्रमुख तुलसी भण्डारीलाई सम्मान गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले आईतबार वीरगन्जमा गरेको उपभोक्ता अदालत स्थापना तथा संचालन र नसर्ने रोग रोकथाम सम्बन्धी प्रदेशस्तरीय कार्यक्रमका बीच भण्डारीलाई सम्मान गरेको हो ।

१७ वर्षदेखि राजधानी दैनिकमा निरन्तर र विभिन्न संचार माध्यममा पनि उपभोक्ता हितका लागि सशक्त लेखन शैलीका माध्यमबाट बस्तु र सेवा क्षेत्रका बिषयबस्तु उठानमा भण्डारीले कलम चलाउँदै आएका छन् । मोफसलमा रहेर उपभोक्ता जागरण, आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक लगायत गतिविधिमा पत्रकारीताको माध्यमबाट भण्डारीले कलम चलाउँदै जनआवाज बोलिरहेका छन् ।
मञ्चले बागमती प्रदेश लगायत देशका अन्य सबै प्रदेशमा उपभोक्ता कानून निर्माणमा जागरण ल्याउनका सकारात्मक भूमिका खेल्दै आएको छ । यसै सन्दर्भमा मधेश प्रदेशमा पनि उपभोक्ता अदालत स्थापना र उपभोकता कानून निर्माण गर्ने नैतिक दवाव सृजना गर्ने क्रममा मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानिया सहितको वीरगन्जमा कार्यक्रम गरिएको छ ।
सो अवसरमा राजधानीकर्मी भण्डारी, कारोवार दैनिकका सम्वाददाता निरज पिठाकोटे मगर र उपभोक्ता संरक्षण मञ्चका पनि केन्द्रिय उपाध्यक्ष अजय अधिकारी र केन्द्रिय सदस्य अजित भुजेललाई पनि संस्थागत र उपभोक्ताको हितमा प्रभावकारी कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको छ ।
सम्बन्धित समाचार
सहकार्यमा जुटे ७ दल, ‘अग्रगामी मोर्चा’को गृहकार्य
चन्दा उठाएर बेसहारा खातुनलाई नयाँ जीवन दिने प्रयास
सीमा क्षेत्रमा निगरानी र कडाइसँगै एकपछि अर्को सफलता
बकैया नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता
अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना दम्पतीसहित ३ को मृत्यु
महिलाविरुद्ध निर्दयी अपराध






