राजविराज । छोरीमात्र जन्माएको निहुँमा बुहारीलाई विष खुवाई हत्याजस्तो निर्दयी अपराध गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । २५ वर्षिया बुहारी शिवकुमारी दासको यसरी हत्या गरेको अभियोगमा सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचन टोलका ५५ वर्षिय बद्री दास पक्राउ परेका हुन् ।
दोश्रो पटक पनि छोरी नै जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, पक्राउ पूर्जी जारि भएका पाँच जना अझै फरार
५ वर्षअघि भएको उक्त सनसनीपूर्ण घट्नापछि फरार भएका दासलाई गोप्य सुचनाका आधारमा गत विहीवार राति इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटेको टोलीले घरमै लुकी छिपी वसेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त घट्नाका अन्य आरोपित शिव कुमारीका श्रीमान् लालो प्रसाद दास, देवर संजिव, धनेश्वर, नन्द भुटनी देवी र सासु सीता देवी अझै फरार छन । सप्तरी जिल्ला अदालतबाट उनीहरु बिरुद्ध पनि पक्राउ पूर्जी जारि भएकाले खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
पक्राउ परेका बद्री दासलाई विष सेवनबाट कर्तब्य ज्यान कसुरमा शुक्रवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले बताए ।
उनीसहित ६ जनाविरुद्ध मृतक शिव कुमारीका वुवा रामदेवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनामा मुद्धा दर्ता भएको थियो । प्रहरी नायब उपरिक्षक घिमिरेका अनुसार २०७७ साल कार्तिक १७ गते राती उक्त घट्ना भएको थियो । शिव कुमारीले घटनाको एक महिना अघि मात्र दोश्रो छोरी जन्माएकी थिइन ।
छोरी मात्र जन्माएको निहुँमा २५ वर्षिया शिव कुमारीलाई सासु, ससुरा, श्रीमान्, देवर र नन्द सबै मिलेर पटक–पटक यातना दिने, कुटपीट गर्ने तथा २०७७ कात्तिक १७ गते सबै मिलेर उनलाई जबरजस्ती विष सेवन गराई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
त्यसपछि उनीहरु सबै फरार भएका थिए । बद्री भने गाउँ फर्केको र घर मै लुकी छिपी वसिरहेको गोप्य सुचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझिया माइत रहेकी शिव कुमारीको दुई छोरी मध्ये ९ वर्षियाा जेठी छोरी अहिले आफूसँगै रहेको तथा पाँच वर्षिया कान्छी छोरी ज्वाईकै परिवारले राखेको हजुरबुबा रामदेवले सुनाए । सिटी रिक्सा चलाएर प्राप्त आम्दानीबाट परिवार र नातिनिलाई पाल्दै आएको उनले सुनाएका छन ।
कतिपय परिवारमा छोरा जन्मिए खुशीयाली र छोरी जन्मिए भारको रुपमा लिने गरिन्छ । छोरा नजन्माउने केही महिलामाथी दुब्र्यवहारका घट्नाहरु यस अघि पनि भएका थिए । तर यस्तो खालको घटना भने जिल्लामा सम्भवत पहिलो पटक भएको हो ।
स्थानीयले उक्त घट्नालाई “महिला विरुद्धको निर्दयी अपराध” को संज्ञा दिदै घट्नाको सूक्ष्म अनुसन्धान र दोषीलाई कडा कारवाहीको माँग गरेका छन ।
सम्बन्धित समाचार
न्याय खोज्दै तेतरी खातुन
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
‘ब्रोड पिक’मा निधन भएकामध्ये ३ नेपालीको शव काठमाडौं ल्याइयो
कोशीबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा
बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा झुन्डिएको अवस्थामा एक जना मृत फेला
सप्तरीमा हराएका २६ मध्ये २० जना भेटिए






