काठमाडौं । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेकट्रिक एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो ।
विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ । आवेदन ९ भदौ २०८३ शुक्रबारसम्म दिन सकिनेछ ।
पीएचडी प्रवेश परीक्षा १२ भदौ २०८३ सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ । व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ ।
पीएचडीका लागि आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक भएको दाबी, परिणाममुखी कार्यसम्पादनमा जोड
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
डाक्टरले चन्दा उठाएर बचाए अनिलको ज्यान
भारतले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा नेपाललाई ८० करोड बढी सहयोग गर्ने, कहाँ कहाँ गरिँदैछ खर्च ?
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल रहेनन्
म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो जादा एक जना बेपत्ता






