प्रधानमन्त्री र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको हो। भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् ।

सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। त्यही दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र