काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको १ साउनदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ ।
अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को ६ साउनको निर्णयअनुसार १ साउनदेखि लागू हुनेगरी कायम भएको तलबमानअनुसार तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ ।
प्रोत्साहनभत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने भएमा कम भएको रकमबराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ ।
कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ । ‘हाल खाइपाइ आएको ग्रेडभन्दा निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदर कम भएमा मात्र सोहीबराबर हुने गरी नयाँ ग्रेड निर्धारण गर्न’ आग्रह गरिएको छ ।
अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ । विगतमा भएका परिपत्रलाई ध्यानमा राख्न भनिएको छ ।
सम्बन्धित समाचार
सरकार ! ग्यास खै ?
अमेरिकी डलर : न बढ्यो, न घट्यो
आजबाट सवारीसाधनको कुम्भमेला
आज एक अमेरिकी डलर किन्न तिर्नु पर्छ १५३ रुपैयाँ, अन्य मुद्राको कति ?
मधेश प्रदेशमा धान रोपाइँ शत–प्रतिशत नजिक
भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो
चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६९ पैसा हुँदा अन्य विदेशी मुद्राको कति ?
बढ्यो सुन र चाँदी दुबैको मूल्य, कतिमा भइराखेको छ कारोबार ?






