मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु। २९ करोड राजस्व दाखिला भएको छ ।
यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँच पास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए ।
गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु। छ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रूपमा विकसित भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
गण्डकीमा तनहुँमा मात्रै पशुको रगत परीक्षण
घारखोला विद्युतगृहको पहिरोमा बेपत्ता सुरक्षागार्डको शव भेटियो
अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
माछापालनबाट मासिक २५ लाख आर्जन
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै






