बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली बाजुरा प्रस्थान

धनगढी । बाजुरा जिल्ला अवस्थित प्रसिद्ध धार्मीक स्थल बडीमालिका मन्दिरमा पूजाआजाका लागि धनगढी उपमहानगरपालिकाको त्यसतर्फ प्रस्थान गरेको छ । शुक्रबार उपमहानगरका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा सरकारी टोली त्यसतर्फ प्रथान गरेको हो ।

नगरप्रमुख हमालसहितको टोली दोस्रो पटक बडीमालिका माताको डोलीसहित बाजुरातर्फ प्रस्थान गरेको धनगढी उपमहानगरले जनाको छ ।

बडीमालिका मन्दिरमा दर्शन तथा विशेष पूजाआजाका लागि टोली परम्परागत विधिअनुसार पदयात्रामा निस्किएको हो । टोलीलाई धनगढी उपमहानगरपालिकाबाट फूलमाला, अबिर तथा पञ्चेबाजासहित धार्मिक तथा सांस्कृतिक विधिपूर्वक बिदाइ गरिएको थियो ।

बाजुरामा रहेको बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ । तत्कालीन जुम्ला र डोटी राज्यको पालादेखि विशेष तिथिमा सरकारी पूजा टोली डोली, पञ्चेबाजा र सलामीसहित बडीमालिका जाने परम्परा रहँदै आएको बताइन्छ ।

धनगढी उपमहानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै दोस्रो पटक डोलीसहित सरकारी टोली बडीमालिका पठाएको हो । टोलीले बडीमालिका मन्दिरमा विशेष पूजा तथा दर्शन गर्नेछ ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको बडीमालिका यात्रा पछिल्लो समय धार्मिक पर्यटनका दृष्टिले समेत महत्वपूर्ण बन्दै गएको छ । परम्परागत डोली यात्रा तथा धार्मिक गतिविधिले सुदूरपश्चिमको ऐतिहासिक संस्कृति र धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत योगदान पुग्ने बिश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा