सभामुखको सासूको निधन, संसद बैठक स्थगित

काठमाडौं । सभामुख डिपी अर्यालको सासुआमाको निधन भएकाले दिउँसो १ बजे डाकिएको बैठक स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख अर्याल हिजो बेलुकी आफ्नै उपचारका लागि केही घण्टा अस्पताल भर्ना भएर फर्केका थिए । क्याबिन नम्बर २१५ मा राखेर उपचार गरेपछि उनलाई राति पौने १० बजे डिस्चार्ज गरिएको थियो ।

आज अपराह्न १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो ।

यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा