जनकपुरको गेष्ट हाउसमा युवती झुण्डिएको अवस्थामा

जनकपुरधाम उपमहानगरपालिका स्थित एक गेस्ट हाउसबाट युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक नजिक रहेको न्यू राजधानी गेष्ट हाउसको एक कोठामा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको नाम खुलेको छैन । तर उनी खोटाङको हलेसी निवासी रहेको छ । काठमाडौँ बस्दै आएका युवतीका आफन्तलाई जानकारी गराई सकिएको छ, विस्तृत विवरण ’em आएपछि खुल्ने उनले बताए ।

डिएसपी खनालले भने ‘कोठाको ढोका भित्रैबाट बन्द रहेकाले अहिले खोल्या छैनाै, मृतकको आफन्त आएपछि कोठाको ढोका खोलिनेछ त्यसबाट थप कुरा बाहिर आउनेछ ।’

होटलको रेकर्ड अनुसार ती युवती एक युवकसँग तीन चार दिन देखिसँगै बस्दै आएका थिए । प्रत्यक्षदर्शी र होटल कर्मचारीको पहिचानको आधारमा युवतीसँगै बस्दै आएका सिरहा निवासी ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी खनालले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा