कार्यवाहक नगरप्रमुखलाई सडक अतिक्रमण हटाउन भ्याइ नभ्याई

राजविराज । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई अहिले भ्याइ नभ्याई छ । विशेष गरी सडक अतिक्रमणले उनलाई यस्तो अवस्थामा पु-याइ दिएको हो ।

एकाबिहानै उनी नगरपालिका कार्यालय पुग्ने र कर्मचारी, सफाइकर्मी तथा सुरक्षाकर्मीको टोलीलाई लिएर सडक अतिक्रमण हटाउने कार्यमा तल्लीन हुने गर्छिन् ।

नेपालकै पुरानो र भारतको जयपुर सहरको डिजाइनमा टाउन प्लानिङ भएको नगर राजविराजलाई अतिक्रमणमुक्त, सुन्दर र व्यवस्थित बनाउन यसरी नगरपालिकाका कर्मचारी र सरसफाइकर्मीको टोली सहित निस्केको उनको भनाई छ ।

अघिल्लो दिन राम मन्दिर–अदालत रोड सडक खण्डको सडक पेटी अतिक्रमण गरी बसेका फुटपाथे पसल हटाएको टोलीले मङ्गलवार हटिया कम्प्लेक्स वरिपरि अतिक्रमण गरी बसाइएका फुटपाथे पसलहरू हटाइएको छ ।

पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्प्लेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटपाथे पसलहरूलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरू हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।

सार्वजनिक जग्गा मिच्ने सबैलाई क्रमशः ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गरी पटक–पटक समय दिँदा पनि कतिपय व्यक्तिले अझै अटेर गरिरहेको पाइएपछि ती संरचना हटाउन सुरक्षाकर्मीको टोली सहित निस्किनु परेको उनको कथन छ ।

उनले भोट भन्दा पनि आफूलाई नगरवासीको सुविधा र सहजता’bout बढी चिन्ता भएकाले सार्वजनिक ठहर भएका सबै अतिक्रमित जग्गा खाली गराएरै छाड्ने बत्ताइन् ।

नगरपालिकाले हाल सम्म सिराहा रोड, कञ्चनपुर रोड, कुनौली रोड, मच्छहट्टा रोड तथा मुख्य बजार क्षेत्रको मेन रोडको अतिक्रमित तथा सडक मापदण्ड भित्र परेका जग्गाहरूमा बनाइएको घर, टहरा र पसल डोजर लगाएर भत्काइ सकेको छ ।

यसले नगरको सौन्दर्ययता बढ्नुका साथै सडक फराकिलो भई सर्वसाधारणलाई आवत जावतमा सहज हुने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, २४ भदौमा गाउँ–नगरको वडा अधिवेशन