पर्व त्यौहारको सिजनसँगै बढ्यो झापको कारोबार

राजविराज । अहिले तराई मदेसमा एकपछि अर्को पर्व त्यौहारको आगमन भइरहेको छ । यसै कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरका उमेश कुमार माली र उनका परिवारलाई पर्व त्यौहारमा अत्यधिक प्रयोग गरिने हस्तकला निर्मित झाँप बनाउन भ्याई नभ्याई छ ।

माली परिवारलाई भ्याई नभ्याई

पर्व त्यौहारको आगमन सँगै अडर आउने क्रम बढ्दै गएकाले पुरै परिवार अहिले झाँप बनाउन व्यस्त भएको माली बताउँछन् । पर्व, त्यौहार, विहेबारी तथा कूल देउताको पूजामा बढी प्रयोग हुने झाँपको माग बढ्दै गएपछि दिनभर मात्र होइन राति समेत दुई तीन घण्टा खट्ने गरेको माली बताउँछन् ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिएको बताएका उनले यसै पेसाबाट परिवारको गुजारा र सन्तानको शिक्षा दीक्षामा खर्च गरी वार्षिक चार देखि पाँच लाख रुपियाँ सम्म बचत गर्ने गरेको उनको भनाई छ ।

यही पेसाबाट भएको आम्दानीबाट केही दिन अघि मात्र उनले एउटा मोटरसाइकल समेत किनेका छन् । गाउँघरबाट आउने अडर अनुसार सोही मोटरसाइकल चढेर घरघरमा समेत झाँप पु¥याउने गरेको उनी बताउँछन् ।

कोढला,सन्ठी (पानीमा फल्ने पातको बोटको डन्डी) मररी, सादा र रङ्गिन कागज, धागो, सुतली र विभिन्न रङ्गको मिश्रणले बनाइने झाँप विभिन्न साइजमा बनाइने तथा साइज अनुसार एक सय देखि एक हजार पाँच सय रुपियाँ सम्ममा बिक्री हुने गरेको उनले बताए ।

अडर बढी आउन थालेको तथा एउटा झाँप बनाउन करिब तीन घण्टा समय लाग्ने गरेकाले अहिले ८० वर्षीय बुवा रामाधिन, ७५ बर्सिया आमा चन्द्रा देवी र ३५ बर्सिया श्रीमती मालती सबै मिलेर झाँप बनाउन व्यस्त हुने गरेको उनले सुनाए ।

नेपालमा झाँपका सामाग्री कोढला र सन्ठी थोरै उत्पादन हुने तथा महँगो पर्ने भएकाले भारत विहार राज्यको अररिया सहरबाट आयात गर्ने गरेको उनले बताए ।

मंसापुर चौकमा अम्बिकेश एन्ड अमरेश जनरल स्टोर नामक पसल समेत खोलेर उनी झाँपको कारोबार गर्दै आएका छन् । “बाहिरबाट आएका अडर अनुसार टाढाका घरहरूमा झाँप पु¥याई दिन्छौ, उनले भने–स्थानीयले भने पसलमै आएर किनेर लैजान्छन् ।”

सानै उमेर देखि विभिन्न साइज र आकर्षक कलाकृति सहितको रंगरोगन गरेर झाँप बनाउने काम गर्दै आएका उमेशले यो पुर्ख्यौली पेसा भएको बताए ।

“अहिले हाम्रो सिजन हो, मेहनत धेरै भए पनि आम्दानी पनि राम्रै भएकाले पुरै परिवार झाँप बनाउन खटने गरेका छौँ ।”

सप्तरीमा झाँप बनाउने र बिक्री गर्ने करिब पाँच दर्जन भन्दा बढी पसल छन् । पर्व त्यौहारको सुरुवात सँगै अन्य झाँप कारोबारीको कारोबार पनि बढेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

अख्तियारद्वारा कैलालीमा दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ