गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् ।

‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने छलफलमै छौँ ।’ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच राष्ट्रिय स्तरको सहकार्य भएपछि गण्डकीमा पनि सरकारबाट एमाले बाहिरिन लागेको हो ।

एमालेबाट गण्डकीमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा