काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ ।
आफ्नै हिसाबले सञ्चालन हुँदा सो क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनिएको छ ।
सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ ।
जथाभावी उडान गर्दा हुनसक्ने सम्भावित हेलिकप्टर दुर्घटना र अन्य प्राविधिक समस्याहरूलाई मध्यनजर गर्दै यो निर्णय लिइएको जनाइएको छ ।
सम्बन्धित समाचार
जाजरकोटमा बाढीले घर र पुल बगायो
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुवेदी र ढकालको संयुक्त इजलासमा
बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध, कतिपय राजमार्गमा राति सवारी साधन चलाउन रोक
बिहान ९ बजेसम्म पहिरोले यी यी सडक छन् अवरुद्ध
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन






