बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले दिएको पछिल्लो विवरणअनुसार ३ सय ५९ शव भेटिएको हो।

प्रहरी प्रधान कार्यालयको साँझ ५ बजेसम्मको तथ्यांकअनुसार बाढीमा परी बेपत्ता भएका ३५९ जनाको शव फेला परेको छ।

चितवनमा सबैभन्दा धेरै १३२ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।

बाढीमा परेका ६३ जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ। उपचारपछि ५ जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा २२ जना, नर्भिक, वीर र मनमोहन अस्पतालमा २/२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ग्रान्डी, मनमैजु शुभम्, ग्रिनसिटी र वीरेन्द्र सैनिक अस्पतालमा एक एक जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो