काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।
विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ (सभामुख र निलम्बनसहित) र नेकपा एमालेका ११ सांसद छन्। ५३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन्। २ प्रदेशसभा रिक्त छन्।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
जुवाको खालबाट ५७ जना जुवाडे पक्राउ






