काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा बैठकको मंगलबारको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे । ‘वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ,’ उनले भने ।
बैठकमा उनले मनसुनजन्य विपद्का कारण सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए ।
बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए । उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सांसद प्रकाश पाठकले झापामा जंगली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरे । उनले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
सांसद पूर्णप्रसाद लिम्बूले संखुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत सेवा प्रभावित भई स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रूलिङ गरेपछि आजदेखि विपक्षी सांसदहरूले बैठकको आरम्भमा स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति’bout विरोध गर्ने क्रम अन्त्य गरेका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
जुवाको खालबाट ५७ जना जुवाडे पक्राउ
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : पोखरेल






