विपद्मा धनगढीको ऐक्यबद्धता: बाढीपीडितका लागि ४१ लाख सहयोग

धनगढी । भोटेकोसी बाढीबाट प्रभावित तथा पीडितका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

उपमहानगरपालिकाले प्रभावितको सहयोगका लागि ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो ।

भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले स्थानीय तहको तर्फबाट सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

विपद्को यस कठिन समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट सहयोग गरेको धनगढी उपमहानगरपालिकाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?