काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा हालसम्म ७८८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सात हजार ८८४ प्रहरी परिचालन गरिएको छ।
नेपाल प्रहरीले २०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा खोजी कार्यमा संलग्न २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा २६४ वटा छन्। त्यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा घाइतेको कुल सङ्ख्या दुई हजार ७४२ पुगेको छ। तीमध्ये नुवाकोटमा दुई हजार २०, रसुवामा ७१९ र धादिङमा तीन जना रहेका छन्।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १६० रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
घाइतेको उद्धार गरी उपचार जारी
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा
मोबाइलमा फोटो, शवगृहमा पर्खाइ !
बढ्यो सुन र चाँदी दुबैको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
भोटेकोशी बाढी: ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल
भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे
भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार
भोटेकोशी बाढीः उदयपुरका २१ जनामध्ये ५ जना सम्पर्कमा






