काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले बाढी तथा पहिरो प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट सहयोग गर्ने भएको छ। कम्पनीले यही भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको हो।
शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोरा ओ।पि।सि। सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। यसअनुसार प्रभावित परिवारका लागि कुल ११ हजार बोरा शिवम् ओ।पि।सि। सिमेन्ट उपलब्ध गराइनेछ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारसँगै विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्नेछ।
यही भदौ १० गते गएको बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा निरन्तर साथ र सहयोग गर्ने जनाएको छ।
सम्बन्धित समाचार
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
बाढीपीडितको सहयोगका लागि मेडिकेयर हस्पिटलद्वारा ११ लाख ११ हजार रुपैयाँ सहयोग
विपद्मा धनगढीको ऐक्यबद्धतास् बाढीपीडितका लागि ४१ लाख सहयोग
सुर्खेतको खड्का होटेलद्वारा बाढीपीडितका लागि आठ लाख सहयोग






