बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ ।

धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जसअन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ए, त्रिशूली हाइड्रो ३ बी, स्याफ्रुबेशी र बोगटीटारमा गरी १२ वटा बेश स्थापना भएको हो ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेशमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोलीसमेत रहेको छ । ती बेशहरुमा १५ देखि ३५ जनासम्मको संख्यामा उद्धार टोली खटाइएको छ भने विशेष तालिमप्राप्त उद्धारकसमेत रहेका छन् ।

ती बेशमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर (एमएफआर), के९ डग स्वार्ड, ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसीभी) सहितका विशेष टोली परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

कीर्तिमानी मूल्यमा चेल्सीबाट म्यानचेस्टर सिटी आबद्ध भए फर्नान्डेज