विष्णुमतीको जल सतह खतराको तहनजिक, बिहानसम्म उच्च सतर्क रहन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले भारी वर्षा भइरहेको छ ।

साँझदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाइरहेकोमा विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको सूचनाका अनुसार गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको छ ।

बाढी पुर्वानुमान महाशाखाले बाढी बढिरहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्मै उच्च सतर्क रहन अनुरोध गरेको छ ।
यस्तै, सिन्धुपाल्चोकस्थित मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र दोलालघाट दोभानसम्मका बासिन्दालाई बिहानसम्मै सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीको जल सतह खतराको तहनजिक, बिहानसम्म उच्च सतर्क रहन अनुरोध