काठमाडौं । झापा जिल्लास्थित सशस्त्र प्रहरी गणले ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । यस प्रविधिले सूचना संकलन तथा निगरानी कार्यसँगै कुनै पनि घटना भएमा प्रमाण संकलनमा मद्दत गर्ने विश्वास गणको रहेको छ ।
हाल सो गणले आफूसँग रहेको दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो ।
सशस्त्र प्रहरी बल, नेपालको प्रमुख सीमा क्षेत्र काँकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी) ले यस क्यामेराको उपयोग गरेको सम्भवतः नेपालमै यो पहिलो भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

झापा जिल्लामा हाल गणपतिको रूपमा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य सरुवा भई आएपछि तस्करी नियन्त्रण र सीमा सुरक्षामा गण विशेष रूपमा सक्रिय रहेको जनाइएको छ ।
यसै क्रममा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत सशस्त्र प्रहरीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ भन्ने स्थानीय जनताबाट समेत प्रत्यक्ष सहयोग समेत भइरहेको बताइन्छ ।











