विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह

काठमाडौं । विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम उच्च देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले अर्को सूचना जारी नभएसम्म प्रणालीको प्रयोग नगर्न सबै सार्वजनिक निकायलाई आग्रह गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८३ साउन ११ गते सूचना जारी गर्दै विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम उच्च रहेको देखिएकाले प्रणालीको मर्मतसम्भार तथा सुधारको काम भइरहेको जनाएको छ। मर्मत तथा सुधारको काम भइरहेका कारण अर्को सूचना जारी नभएसम्मका लागि प्रणाली प्रयोग नगर्न कार्यालयले अनुरोध गरेको हो।

कार्यालयका अनुसार २०८३ साउन ११ गतेदेखि अर्को सूचना जारी नभएसम्म विद्युतीय खरिद प्रणालीको प्रयोग स्थगन गर्नुपर्नेछ।

यद्यपि, साउन ११ गतेसम्म प्रकाशन भई प्रस्ताव पेश गर्ने म्याद समाप्त हुन बाँकी रहेका तथा नयाँ प्रकाशन हुने क्रममा रहेका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्र सम्बन्धी प्रक्रिया भने सार्वजनिक निकायहरूले हार्डकपीमार्फत अघि बढाउन सक्नेछन्।

यसैगरी, विद्युतीय खरिद प्रणालीमा बोलपत्र, आशयपत्र तथा सिलबन्दी दरभाउपत्र खोलिसकिएको तर बोलपत्रदाता, आपूर्तिकर्ता वा परामर्शदाताको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेका ठेक्काका सम्बन्धमा सार्वजनिक निकायको अनुरोधमा कार्यालयबाट आवश्यक सहजीकरण गरिने जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह