काठमाडौं । जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायत रहेको यहाँस्थित जापानी दूतावासले जनाएको छ ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबिच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा जापानका प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए । उनले यस कठिन घडीमा जापान सरकार सहयोग विस्तार गर्न तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री शाहले जापान सरकार र जनताबाट प्राप्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका थिए । उनले प्रभावितको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले आफूसँग उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाहले बेपत्ता जापानी नागरिकको खोजीलाई पनि समान रूपमा उच्च प्राथमिकता दिइने उल्लेख गरेको थिए । नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ७० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शाहले आगामी दिनमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
जापान सरकारले आपत्कालीन राहत सामग्रीले विपद्बाट प्रभावित नागरिकले भोगिरहेको कठिनाइ कम गर्न सहयोग पुग्ने विश्वास गरेको छ । प्रभावित क्षेत्रमा पुनः स्थापना तथा पुनर्निर्माणका प्रयास निरन्तर रूपमा अघि बढ्दै जाने र पीडित यथाशीघ्र आफ्नो सामान्य तथा शान्तिपूर्ण जीवनमा फर्कन सक्ने जापान सरकारको अपेक्षा छ ।
सम्बन्धित समाचार
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती
विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह
सूचना प्रवाहलाई सहज बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
विपद्को कठिन अवस्थामा संयमित र जिम्मेवार भएर व्यापार गर्न चेम्बरको अपिल
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध





