जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले यही १० भदौमा रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार विश्वविद्यालयअन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।
विश्वविद्यालयका अनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, डीन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकलगायत सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १५ दिनबराबरको रकम कट्टा गरिनेछ ।
सहायक डीन, सहनियन्त्रक, उपप्राध्यापक, उपप्रशासक वा सो सरहका कर्मचारीबाट १० दिनको, सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।
यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ ।
सो रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा जारी सूचनामा विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत एवं पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले रकम कट्टा गर्न लागिएको उल्लेख छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख तथा समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित समाचार
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, ल्यान्डस्लाइड ड्याम सम्बन्धमा अनुसन्धान जारी
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने
प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’






