काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेको बेला सांसद भरत खड्का ढलेका छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला खड्का आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।
खड्का ढलेलगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केहीबेर सदनको कारवाही स्थगित गरेका थिए ।
ढलेसँगै उनलाई संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको बताइएको छ । उनको रक्तचाप १६० पुगेको संसद सचिवालय स्रोतले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
पहिरोले यी यी सडक छन् अवरुद्ध
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने
वैज्ञानिक प्रक्रिया पूरा गरी धमाधम शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण






