एनभिडियाका सीईओले नेपाललाई दिए डेढ अर्ब रूपैयाँभन्दा बढी

काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन् । यो रकम नेपाली रूपैयाँ १ अर्ब ५२ करोड रूपैयाँभन्दा बढी हुन्छ ।

सीईओ ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेका हुन् । रसुवा बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गरिएको हो । व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट उद्धार कोषमा प्राप्त सहयोगमध्ये यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ ।

कस्तो कम्पनी हो एनभिडिया ?

एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक चिप, कम्प्युटिङ प्रणाली तथा सफ्टवेयर बनाउने विश्वकै अग्रणी प्रविधि कम्पनी हो । कम्पनीका जीपीयू तथा अन्य प्रविधि एआई, डाटा सेन्टर, सुपरकम्प्युटिङ र वैज्ञानिक अनुसन्धानमा व्यापक रूपमा प्रयोग हुन्छन् ।
ह्वाङ एनभिडियाका संस्थापकसमेत हुन् । उनले सन् १९९३ देखि कम्पनीको नेतृत्व गर्दै आएका छन् ।

अर्थमन्त्री वाग्लेले दिए ह्वाङलाई भिडिओ सन्देशमार्फत धन्यवाद

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङलाई भिडिओ सन्देशमार्फत धन्यवाद दिएका छन् ।

‘१ करोड डलरको सहयोग,’ वाग्लेले फेसबुकमा लेखेका छन्, ‘हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया । यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।’

विपदको कठिन समयमा नेपाललाई गरेको सहयोगका लागि उनले ह्वाङप्रति आभार व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्यो अमेरिकी डलर