संखुवासभामा गोली हानी शिक्षकको हत्या

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या गरिएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीका अनुसार, गएराति ७ बजे शिक्षक राईमाथि गोली प्रहार गरिएको थियो । खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि भरुवा बन्दक प्रहार भएको थियो ।

प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ । शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

संखुवासभामा गोली हानी शिक्षकको हत्या