पाल्पा । पाल्पामा २०७ औं ऐतिहासिक विजयउत्सव एंव भगवतीको रथयात्रा निकालिएको छ । बुटवलको जितगढी युद्धमा नेपाली सेनाले अंग्रेज सेनासँगको लडाईमा विजय हासिल गरेको खुसियालीमा यो विजयउत्सव मनाउन थालिएको हो । वि.सं. १९७७ सालदेखी बिजयउत्सव एंव भगवतीको रथयात्रा मनाउन थालिएको हो ।
वि.सं. १८७१ पौषदेखी १८७२ जेठसम्म पाल्पा नुवाकोट र बुटवल जितगढी भएको युद्धमा नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुईपटकसम्म अंग्रेज सेनासँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । कर्णेल थापाले लडाईमा विजय हासिल गरेमा तानसेनमा भगवतीको तिन तले मन्दिर बनाई भगवती रथयात्रा गर्नेछु भनी भाकल गरेका थिए ।
कर्णेल थापाले वि.स. १८७२ बाटसुरुगरी ७६ मा गजुर सहितको ३ तले मन्दिर निर्माण सम्पन्न गरेका थिए । वि.स. १९७७ सालदेखी निरन्तर हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण नवमीको दिन विजयउत्सव एंव भगवती रथयात्रा मनाउने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।
२०७ औं विजयउत्सव एवं भगवती रथयात्रा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका प्रदेश सभामुख तुलाराम घर्तीमगर, लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुलसीप्रसाद चौधरी लगायत प्रतिनिधि सभा सदस्य सहित सरकारका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो । विजयउत्सवमा भगवती रथयात्रा आइतबार दिउँसो १२ः४० बजे मन्दिरमा उठाइ तानसेन बजार क्षेत्र घुमाइएको साँझ ४ बजेपछि मन्दिरमा भित्राउने गरिन्छ ।
रथयात्रालाई प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका गणपति सहित सर्वसाधरणले घरघरबाट दर्शन तथा पूजाआजा गर्ने प्रचलन रहेको छ । विजयउत्सव एंव भगवती रथयात्रा दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिने प्रचलन रहेको छ । विजयउत्सव एंव भगवती रथयात्रा हेर्न पाल्पा सहित विभिन्न जिल्लाका भक्तजनहरू आउने गर्दछन् ।
सम्बन्धित समाचार
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
यी हुन् रसुवा बाढीमा सशस्त्र प्रहरीले हालसम्म गरिरहेका १३ काम
मिलेमतोमा रुख काटेका गाउँपालिका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्धा
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ११४ पुग्यो, अझै ३ हजार ९१६ जना सम्पर्कविहीन
भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ बेपत्ता






