काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिको पछिल्लो अवस्थाको ’boutमा परराष्ट्र मन्त्री खनालसँग छलफल भएको बताइएको छ । बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् ।
उनले त्यस’boutमा पनि परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ । दक्षिण कोरियाका ‘कोरिया डिजास्टर रिलिफ टिम’ यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ ।
भेटमा आवश्यक परे थप सहयोग र प्राविधिक पठाउन सकिने धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले बेपत्ता भएका कोरियाली नागरिकलाई खोजी गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्दै कोरिया सरकारले विपद्को समयमा देखाएको सौहद्रताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
परराष्ट्रमन्त्री खनालले बाढी पीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति समेत धन्यवाद व्यक्त गर्दै विपद् पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार पुनर्निर्माण अघि बढाइने बताएका छन् । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
भोटेकोशी बाढी : कुन देशका कति बेपत्ता ? थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन





