नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग

काठमाडौं । नुवाकोट–ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेका छन् ।

ककनीमा जन्म भई हाल अमेरिकाको एलेडोमा बस्दै आएका भण्डारीले यही भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उक्त रकम सहयोग गरेको बताए ।

“नेपालले मलाई मेरो सुरुआत र पहिचान दियो, आज नेपाललाई परेको यो विपत्तिको घडीमा मातृभूमिका पक्षमा उभिन चाहन्छु, मेरो यो सानो प्रयासले केही परिवारलाई राहत मिल्नेछ भन्ने आशा राखेको छु”, भण्डारीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श