काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको एकता कायम गर्न आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको बताएका छन्।
पार्टी सभापति गगन थापासँग आइतबार भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै काँग्रेस एक ढिक्का हुनुको विकल्प नभएको धारणा राखेका हुन्।
“पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रस्ट पार्नुभयो,” कोइरालाको सचिवालयले भेट’bout जानकारी दिँदै भनेको छ।
सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएको सचिवालयले जनाएको छ। भेटमा काँग्रेसभित्र देखिएका आन्तरिक समस्या र त्यसको समाधानका सम्भावित उपाय’bout दुई नेताबीच छलफल भएको थियो।
त्यस्तै, पछिल्लो बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको अवस्था तथा प्रभावित क्षेत्रमा गर्नुपर्ने कामका विषयमा पनि कुराकानी भएको जानकारी दिइएको छ।
सम्बन्धित समाचार
रवि लामिछानेको चीन भ्रमण स्थगित
कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे
कांग्रेस महाधिवेशन रोक्न देउवा समूह पुग्यो सर्वोच्च
बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत
प्रधानमन्त्री बालेनले प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेपछि रास्वपा सभापति रवि सक्रिय
प्रधानमन्त्री बालेनले सभापति रविलाई किन भेट ?






