काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने भएको छ ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणको नयाँ मिति तय हुन नसकेपछि भ्रमण स्थगित गरिएको हो । यसअघि अगस्टको दोस्रो साता चीन जाने भनिए पनि भ्रमण एक महिनापछि सारिएको थियो ।
सेप्टेम्बरको दोस्रो साताका लागि समेत भ्रमणको तयारी गरिएको थियो । तर उक्त समयमा पनि लामिछाने चीन नजाने भएका हुन् ।
यसअघि भारत भ्रमणपछि लामिछाने चीन जाने कार्यक्रम तय भएको थियो । तर अब उनी अर्को उपयुक्त समयमा मात्रै चीन जानेछन् । उनको चीन भ्रमणको नयाँ मिति भने तय भइसकेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)
सम्बन्धित समाचार
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै
प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुख अर्यालले गरे प्रधानमन्त्री शाहलाई रुलिङ
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
‘वालेन’बाहेकलाई रास्वपाको अंकुश
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल






