दैलेख । ‘हामी आइसोलेशनमा बसेको ३० दिन भयो । अहिलेसम्म कोही जनप्रतिनिधी भेटन आएका छैनन् । बेला बेला नारायण नगरपालिका –१ वडाअध्यक्ष आउनुहुन्छ । सम्झाई बुझाई गरेर जानुहुन्छ । हामीलाई यतिबेला मनोसामाजिक परामर्श चाहिएकाे छ मनोबल बढाउन । हामी मेयर सापलाई हामी कहाँ पठाइदिनुहोस् । गुनासा पोखौंला भनेर क्वारेन्टाइनबाट निस्किएकै हौं । मेयर सापलाइ भेट्नका लागि दबाब दिने उद्देश्य थियो । घर जाने थिएन । घर जाने भए क्वारेन्टाइनबाट झोला बाकेर निस्किन्थ्यौं । शनिबार यही गुनासो राख्न खोज्दा प्रहरीले हामीमाथि लाठी बर्सायो ।’
शनिबार दैलेखको नारायण नगरपालिका –१ को त्रिभुवन उच्च माध्यामिक विद्यालयको क्वारेन्टाइनमा झडपमा परी घाइते भएका एक संक्रमितले दुखेसो पोखे । प्रहरीको लाठी लागेर घाइते भएका ४ जना मध्यै कसैको पिठ्युमा निलडाम छ भने एकजनाको टाउकोमा घाउ लागेर ७ वटा टाँका लागाइएकाे छ । घाइतेकाे सरस्वती मावि तर्ताङको आईसोलुशेनमा राखेर उपचार भइरहेको छ ।
नारायण नगरपालिका १ का वडाअध्यक्ष तिर्थ नारायण श्रेष्ठ आइसोलेशनमा बसेका संक्रमित व्यक्तिले जनप्रतिनिधीलाई गाली गर्दै नारा जुलुस गरेर घर जान खाेजेपछि झडप भएको बताउछन् । ‘प्रहरीले धेरै सम्झाउन खोज्यो मानेन् । झन उल्टै प्रहरीको लाठी खोस्न खोजेपछि झडप भएको हो’, उनले भने । घाइते संक्रमितकाे भने प्रहरीको लाठी नखाेसेकाे भनाइ छ। ‘हामीले वडाअध्यक्षलाई मेयर साप लिएर आउनुहोस् । हामी मेयरसापसँग केही कुरा राख्छौं भनेका थियौं । उहाँ आएर हामीलाई केही सान्त्वना दिएर मनोबल बढने हुँदा नगरपालिकामा जान खोजेका थियौं । एक्कासी हामीमाथि लाठी बर्सायो । हाम्रा चार जना साथी घाइते भए । कसैको ढाडमा निलडाम बसेको छ भने एकजना टाउको फुटेको छ’, उनले भने, ‘क्वारेन्टाइन त मान्छे मार्ने थलो हुने हाे की क्या हो ।’
जिल्लाका ११ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाईनको अवस्था नाजुक छ । अधिकाँश क्वारेन्टाईन खानेपानी भए,शौचालय छैन । शौचालय भए पानीको अभाव छ । प्लाष्टिककाे टनेलमा रात विताउनुपर्ने बाध्यता छ
जिल्ला स्थित मानवअधिकारबादी दिर्घराज अधिकारी मनोसामाजिक परामर्श दिने ठाउँमा लाठी हानेर घाइते बनाउनु मानवअधिकारको उल्लंघन भएको बताउछन् । जिल्लाका अधिकाँश क्वारेन्टाईन र आईसोलेशन कोरोना मापदण्ड अनुसार नभएको जानकारी दिए ।
कोरोना संक्रमित बढदै गएपछि नारायण क्याम्पसलाई आइसोलेशन बनाएपछि त्यहाँ रहेका २९ जना काेराेना संक्रमितलाइ त्रिभुवन माविको क्वोन्टाईनमा राखिएको थियो । त्रिभुवनमा ४४ जना काेराेना संक्रमित बसीरहेका छन् । आइसोलेसनमा वसेकाहरुले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानापिन व्यवस्था राम्रो नभएको भन्दै संक्रमितले गुनासो पोख्दै आएका थिए ।
‘आरडीटी पोजेटिभ र नेगेटिभलाई एउटै ठाउँमा राखेपछि संक्रमण फैलिने सक्ने भन्दै छिटो पीसीआर रिपोट आउनुपर्ने माग गर्दा प्रहरीबाट लाठी खानुप-यो । जनप्रतिनिधीसँग गुनासो राख्न नपाइने कस्तो स्थानीय सरकार हो । म त संक्रमित छु । केही साथी नेगेटिभ हुनुहुन्छ । तर हामीसँगै उठबस गरिरहेका छौं । महिना दिन बितिसक्दा पनि पीसीआर रिपोट नआउँदा हामी सबै घर जान लाग्दा प्रहरीले हामीलाई एक्कासी कुटपिट गरि घाइते बनायो’, संक्रमित युवाले भने । मनोबल बढाउने ठाउँमा सरकारी पक्षबाट कुटपिट गर्नु राम्रो नभएको स्थानीय बासीका बुझाई छ । तर आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको र स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीलेकाे भनाइ छ ।
पछिल्लो समय जिल्लाका ११ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाईनको अवस्था नाजुक छ । अधिकाँश क्वारेन्टाईन खानेपानी भए,शौचालय छैन । शौचालय भए पानीको अभाव छ । प्लाष्टिककाे टनेलमा रात विताउनुपर्ने बाध्यता छ । मापदण्ड पुरा नगरेका क्वारेन्टाईनबाटै कोरोना संक्रमण बढेको देखिन्छ । समयमै क्वारेन्टाइन र आइसोलेशनको व्यवस्थापन नगर्नुले दैलेखका क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलिन सक्ने स्थानीयबासीको बुझाई छ ।
एउटै कोठामा ३० देखि ४० जना कोचाकोच गरेर बस्नुपर्ने बाध्यता,पिसीआरको रिपोट ढिलो आउनु नै प्रमुख कारण रहेको नारायण क्याम्पसको आईसोलेशनमा बसेका एक संक्रमितले बताए । उनले भने, ‘सामाजिक दुरी कायम गरे संक्रमण फैलिदैन भनियो । तर कसैको आरडीटी र पीसीआर परिक्षण नुहँदा कसलाई छ वा छैन भनेर कसरी थाहा पाउने । एउटै कोठामा ३० जना सँगै सुत्नुपर्ने बाध्यता छ । कसरी सामाजिक दुरी कायम गर्ने क्वारेन्टाईनलाई नै स्थानीय सरकारले व्यवस्थापन राम्रो गरिदिएको भए । कोरोना एकजनादेखि अर्को जनामा सर्ने थिएन ।’
कर्णाली प्रदेशको सबैभन्दा कोरोना संक्रमित बढी भएको जिल्ला दैलेखको हो । प्रदेशभरी ९७६जना कोरोना संक्रमित हुँदा दैलेखमा संक्रमित संख्या ५३८ रहेको छ । जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाका अधिकाँश क्वारेन्टाईनलाई आइसोलेशनमा बनाईएको छ । स्थानीय तहमा बनाईएका आईसोलेशन कोरोना मापदण्ड अनुसार बनेका छैनन् । क्वारेन्टाइन र आइसोलेशनको व्यवस्थापन राम्रो नहुँदा कतिपय संक्रमित भैसी बाध्ने गोठमा सुत्नुपर्ने बाध्यता छ भने केही व्याक्ति सल्लीकुशुममा रात विताउन बाध्य छन् ।
दिनानुदिन संक्रमित बढन थालेपछि क्वारेन्टाईनलाई आईलोशेन बनाइएकाे छ । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा पीसीआर परिक्षण भएपनि जिल्लाका पश्चिम ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा आरडीटी मार्फत परिक्षण गरि रिपोर्ट नेगेटिभ आएकालाई धमाधम घर पठाउने गरिएको ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए । मैले पीसीआर नै गर्ने अडान लिए । तर जिल्ला प्रशासनबाट र संघिय सरकारबाट आरडीटी नेगेटिभ र १४ दिन क्वारेन्टाईनमा बसेकालाई घर पठाउनु पर्ने परिपत्र आएपछि हामीले पनि त्यही ग-यौं । यसले गर्दा गाउँमा संक्रमण फैलिन सक्ने डरत्रास रहेको छ । पीसीआर परिक्षण गरेर पठाएको भए नागरिक ढुक्क हुने थिए । कोरोना क्वारेन्टाईनबाट समुदायमा फैलिन महामरीको रुप लिन सक्ने अध्यक्ष शाहीले जानकारी दिए ।
त्यसैगरी जिल्लाका ११ वटै स्थानीय तहमा कोरोना पोजेटिभ पुष्टि भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमध्य सबैभन्दा बढी जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाका नागरिकमा कोरोना पुष्टि भएको छ भने २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्लाको आठविस नगरपालिकामा कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए भने दुल्लू नगरपालिका –११ का ३५ बर्षीय युवक कोरोनाकै कारण मृत्यु भएको थियो ।






