काठमाडौं । ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालले जितको लागि दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको हो ।
ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेनकुमार रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओमानलाई ६० रनमा समेट्नेक्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए लिँदा रोहितकुमार पौडेल र ललित राजबंशीले समान २÷२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन ।
त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १÷१ विकेट लिए ।
यससँगै नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)सँगको भेट पक्का गरेको छ । आजै भएको अर्को सेमिफाइनल खेलमा युएइले हङकङलाई हराउदै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल यही २७ भदौ (शनिबार) हुनेछ । फाइनलमा नेपालले युएईलाई पराजित गरेमा एसिया कपमा स्थान बनाउनेछ ।
सम्बन्धित समाचार
लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी, ओली गएनन्
टप एन्ड टी–२० सिरिजः हैदरावादसँग नेपाल ‘ए’ पराजित
भेटिएनन् आफन्त, रोकिएनन् आँशु
छोचेन खोला र पुरेपू त्साङ्पो संगम तालको फुटयो, सुरक्षित रहन सर्कुलर
१८ वर्षमा २० विपत्ति
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
भोटेकोशी बाढी सम्बन्धमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
कीर्तिमानी मूल्यमा चेल्सीबाट म्यानचेस्टर सिटी आबद्ध भए फर्नान्डेज






