गरिबीसँग पराजित भयो गर्भवती, सडक किनारमै सुत्केरी

राजविराज । सुत्केरी गराउँदा लाग्ने जाँच तथा अन्य खर्च तिर्न नसक्ने भएपछि अस्पतालबाट हिडेकी गर्भवती महिला सडक किनारमै सुत्केरी भएकी छिन् ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १४ परसाहीटोलकी २९ बर्षीया बबिता पासवानले गजेन्द्रनारायण सिंह अपस्तालको प्रवेशद्वार नजिकै बच्चा जन्माएकी हुन् ।

श्रीमान् हरेराम पासवानका अनुसार प्रसव पीडाले च्यापेपछी भदौ २३ गते मंगलवार राती २ बजेतीर ववितालाई गजेन्द्रनारायण सिह अस्पताल लगिएको थियो ।

ड्युटीमा रहेका स्वाथ्यकर्मीले आफुलाई गाइने वार्डको २४ नम्बर बेडमा भर्ना गरेको बबिताले सुनाईन् । बबिताका श्रीमान् हरेरामले स्वास्थ्यकर्मीले आफुलाई पृुर्जा थमाउदै केही जाँचहरु गराएर ल्याउनु भने पछी वार्डबाट निस्केर जाँच परिक्षण गर्ने ठाउँमा पुग्दा एउटै परिक्षणको ३ हजार २ सय शुल्क लाग्ने बताएपछि आफुहरु अलमलमा परेको सुनाए ।

अति विपन्न परिवारका आफुहरु संग त्यति रकमको जोहो हुन नसक्दा अस्पतालको प्रवेशद्वार नजिकजै वसेर छलफल गरिरहदा एक्कासी श्रीमती बवितालाई पुनः प्रसव पीडाले च्यापेको हरेरामले सुनाए ।

गाउँ कै एक छिमेकी महिलाको सहयोगमा अस्पतालको प्रवेशद्वारा नजिकैको सडक किनारमा श्रीमतीले बच्चा जन्माएको घट्ना नजिकै रहेको एक औषधी पसलको सिसी टिभी क्यामेरामा कैद भएपछी विहीवार विहानै देखी समाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो ।

बविताले यसरी जन्माएको नवजात शिशु छोरा रहेको बुआ हरेरामले बताए । उनले पैसाको अभावमा सडक छटपटी मै धौ–धौ श्रीमतीले बच्चा जन्माएको लाचारी सुनाए ।

मजदुरी पेशा गर्दै आएका हरेरामले गरिबीका कारण औषधी तथा परिक्षण गर्ने पैसा नहुँदा यस्तो समस्या भोग्नु परेको सुनाए ।

बविताले स्वास्थ्यकर्मीले पूर्जामा लेखेको परिक्षण गराउने पैैसा नहुदा श्रीमान संग भोली कुनै ब्यवस्था गरेर आउँला भनी सल्लाह गरी रहेकै बेला अचानक प्रसव पीडाले च्यापेको बताईन । गरिबी कै कारण यस्तो कस्टपुर्ण अवस्थामा बच्चा जन्माएको उनले बताएकी छिन ।

अस्पताल प्रवेशद्वार मै बविताले बच्चा जन्माएको खबर पाएपछी अस्पतालमा हल्ली खल्ली मच्चिएको थियो । तत्कालै अस्पतालका स्वास्थ्यकर्मीले उनलाई उठाएर भर्ना गरेको थियो । आमा र बच्चा दुबैको उपचार गरिएपनि बुधवार एका विहानै बविता र उनका श्रीमानले बच्चालाई लिएर हिडेको अस्पताल प्रशासनले जनाएको छ ।

यद्यपी विहीवार एम्बुलेन्स लिएर उनको घर पुगेको स्वास्थ्यकर्मीको टोलीले वविता र नवजात शिशु दुबैलाई ल्याई पुनः भर्ना गरिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन ।

घट्ना बाहिरीएपछि अस्पताल प्रशासनको लापरवाही भएको भन्दै चर्काे आलोचना भइरहेको छ । बवितालाई अस्पताल भेट्न पुगेकी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले अस्पताल व्यवस्थापन र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको लापरवाहीले एउटी गर्भवती महिलाले सडक मै बच्चा जन्माउने अवस्था सिर्जना भएको भन्दै घट्नाको सुक्ष्म अनुसन्धान र छानवीन हुनु पर्ने माग गरिन ।

मेडिकल सुपरीटेन्डेन्ट डा जीतेन्द्र कँडेलले घट्ना दुःखद भएपनी अस्पतालको कुनै लापरवाही नभएको दाबी गरे ।

प्रसुती गराउनु अगावै केही स्वास्थ्य परिक्षण गराउनु आवश्यक थियो, ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुले सोही अनुसार पूर्जा लेखेर दिएको थियो., मेसु कडेलले भने–“जाँच गराएर आउछु, भनी निस्केको पासवान दम्पती फर्केर न आएपछी के गर्ने ?”

“पासवान दम्पतिले आफूहरु संग जाँच र परीक्षण गराउने पैसा नभएको बताएको भए तत्कालै कुनै उपाय गरेर भएपनि सुत्केरी र उनको उपचार गराउने व्यवस्था मिलाउन सकिन्थ्यो” उनले भने ।

बिहीबार नै अस्पताल प्रशासनले एक प्रेस विज्ञप्ती मार्फत उक्त घट्नामा लापरवाही नभएको तथा सत्यतथ्य बुझ्न आन्तिरक तथा बाहय रुपमा छानवीन समिति गठन भईसकेको जनाएको छ । यस्तै उक्त महिलाको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोर्ने विज्ञप्ती मार्फत अस्पताल प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस संस्थापनइतरको संखुवासभामा महाधिवेशन तयारी समिति गठन