चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, कारभित्र जलेको अवस्थामा एउटा शव फेला

काठमाडौं । चितवनमा गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज शुक्रबार बिहान ६ बजे यो घटना भएको हो ।

उनले दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको र उनको परिचय खुल्न बाँकी रहेको बताए ।

आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार