बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय

ललितपुर । ललितपुर महानगरपालिकाले २०४६ सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

२०४६ सालको जनआन्दोलन अघिसम्म मंगलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता बेखबर बनेको थियो । बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आजदेखि पुनः सञ्चालनमा ल्याएको हो ।

सो पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचारप्रसारमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

‘पुस्तकालयको इतिहास ८०० वर्षभन्दा लामो छ, शारदा पुस्तकालयलाई जीवन्त बनाउने कार्यमा प्रवुद्ध व्यक्तित्वहरू लाग्नुहुनेछ भन्ने विश्वास छ,’ संस्कृतिविद् जोशीले भने । यसअघि कालकोठरीमा रहेको बताउँदै संस्कृत शिरोमणि जोशीले महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सहरी पुस्तकाल र ‘सिटी हल’ अपरिहार्य हुने भन्दै महानगरले पठन संस्कृतिलाई जगेर्ना गर्न पुस्तकालयलाई प्राथमिकता दिएको बताए । उनले पुनःस्थापित शारदा पुस्तकालय सञ्चालनको सम्बन्धमा महानगर संवेदनशील लाग्ने जानकारी गराउँदै पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायणप्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए ।

स्व. सत्यमोहन जोशीले शारदा पुस्तकालय पुनःस्थापित गर्न आफूलाई पटकपटक प्रेरित गरेको स्मरण गर्दै महानगर प्रमुख महर्जनले २०४६ सालको जनआन्दोलनको बेलामा मासिएको पुस्तकालय संरक्षण गरेर नयाँ पुस्ताका लागि हस्तान्तरणलाई जोड दिएको बताए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुनः स्थापित गरेको जानकारी गराउँदै पुस्तकालयको पुनःस्थापना गर्ने कार्य सजिलो नभएको र यसका लागि सहयोग गर्नेे सबैलाई धन्यवाद दिइन् । उनले पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारिन् ।

लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट सहर भएको धारणा राखे । उनले शारदा पुस्तकालयको पुनःस्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुस्तकालयलाई पुस्तकालय पुनःस्थापना गर्नका लागि गरेको सहयोगप्रति नगर प्रमुखले आभार प्रकट गरे ।
(रासस)

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय