बबिता सुत्केरी प्रकरण छानविन गर्न ३ समिति

राजविराज । अस्पतालबाट बाहिरिएपछि सडक पेटीमै सुत्केरी भएकी राजविराजकी बबिता पासमानको घटना’bout छानवीन गर्न गठित तीनवटै समितिले शुक्रबारदेखि काम थालेका छन् ।

घटनाका दिन प्रसूति वार्डमा ड्युटीमा रहेका चार स्वास्थ्यकर्मीसहित छ जनालाई अस्पताल प्रशासनले निलम्बन गरेको छ ।

४ स्वास्थ्यकर्मीसहित ६ जना निलम्बित

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतीशकुमार यादवको नेतृत्वमा र मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा छुट्टाछुट्टै छानवीन समिति गठन गरेका हुन् ।

तीनवटै समितिले घटनाको स्थलगत अध्ययन, पीडित महिला र उनका आफन्त तथा घटनाका दिन ड्युटीमा रहेका स्वास्थ्यकर्मी र अस्पतालका अन्य कर्मचारीसँग सोधपुछ थालेका छन् । समितिले सात दिनभित्र आ–आफ्नो निकायमा प्रतिवेदन बुझाउने छन् ।

राजविराज नगरपालिका–१४ परसाही टोलकी २९ वर्षीया बबिता तीन दिनअघि प्रसूति सेवाका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । स्वास्थ्यकर्मीले पुर्जामा लेखिदिएको ३ हजार २ सय रुपैयाँको जाँच गराउन रकम नभएपछि उनी पैसा जुटाउन अस्पतालबाट बाहिरिएकी थिइन् । अस्पताल प्रवेशद्वार नजिकै पुग्दा प्रसव पीडा बढेपछि उनले सडक पेटीमै छोरा जन्माएकी थिइन् ।

बबिताले यसअघि तीन छोरीलाई बर्थिङ सेन्टर तथा अस्पतालमा जन्म दिएकी थिइन् । चौथो सन्तानका रूपमा छोरालाई भने रकम अभावकै कारण सडकमा जन्माउन बाध्य भएकी हुन् ।

घटनाको दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि अस्पताल प्रशासन र सरकारको आलोचना भएको थियो । त्यसपछि संघीय, प्रदेश र स्थानीय तहबाट छुट्टाछुट्टै छानवीन समिति गठन गरिएको हो ।

छानविन टोलीले पीडित बबिता र उनका आफन्त, घटनाका दिन ड्युटीमा रहेका स्वास्थ्यकर्मी, चौकीदार, सरसफाइकर्मी तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलसँग समेत सोधपुछ गरेको अस्पतालका एक अधिकारीले बताए । टोलीले घटनाको अवस्था, बबिताको उपचार प्रक्रिया र स्वास्थ्यकर्मीको व्यवहारलगायत विषयमा अनुसन्धान गरिरहेको छ ।

घटनाका दिन काम विशेषले काठमाडौंमा रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा पनि शुक्रबार अस्पताल फर्किएका छन् । उनका अनुसार प्रारम्भिक चरणमा प्रसूति वार्डमा ड्युटीमा रहेका चार स्वास्थ्यकर्मी, एक चौकीदार र एक सरसफाइकर्मी गरी छ जनालाई निलम्बन गरिएको छ । ‘छानविनको अन्तिम टुंगो नलागेसम्म उनीहरूको निलम्बन कायम रहने छ,’ डा. झाले भने, ‘छानविन समितिको अन्तिम प्रतिवेदनअनुसार उनीहरू’bout थप निर्णय हुन्छ ।’

बबितालाई सहयोग
अस्पतालमा प्रसूति सेवाका लागि आवश्यक रकम जुटाउन नसक्दा अस्पतालको प्रवेशद्वारनजिकै सडक पेटीमा सुत्केरी भएकी राजविराज नगरपालिका–१४ की बबिता पासवानलाई समाजसेवी सुनिता साह (क्रान्ति)ले राहत सामग्री प्रदान गरेकी छन् ।

राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी राजविराज–७ निवासी साहले शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालमै पुगेर बबितालाई आमा र बच्चाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन् ।

विपन्न परिवारकी बबिताले तीन दिनअघि प्रसूति सेवाका लागि अस्पताल पुगे पनि रकम अभाव भएपछि सुरक्षित प्रसूति सेवा लिन नसकी अस्पतालबाट बाहिरिएकी थिइन् । रकमको जोहो गर्न निस्किएका बेला अस्पतालको प्रवेशद्वारनजिकै प्रसव पीडाले च्यापेपछि उनले सडक पेटीमै बच्चा जन्माएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन सरकार बनेदेखि मौलापुरमा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा