सरकारले ममाथि ज्यादती गर्‍योः दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन ।

आज (सोमबार) एयरपोर्टमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले बन्देज लगाएर ज्यादती गरेको प्रसाईंले बताए । एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईंले आफ्नै निवास पुगेर पत्रकार सम्मेलन गरेका थिए ।

त्यसक्रममा उनले जेनजी आन्दोलनका क्रममा संसद्, सिंहदरबार लगायतका भौतिक संरचना जनाउन भएको षड्यन्त्र’bout आफूसँग धेरै भिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने घोषणा समेत गरे । उनले भने, ‘म माथि यो सरकारले ज्यादती गरेको छ, यसमा विज्ञहरू बोल्नुपर्छ, ‘कोही विज्ञहरू अहिले पनि बालेन विना केही हुँदैन भनेजस्तो गर्छन् ।’

उनले मुलुकमा सुशासन नभएको तथा सरकारप्रति विश्वासको वातावरण नभएको भन्दै लगानीकर्ताहरू आउनै छाडेको पनि बताएका छन । प्रसाईंले पहिला राष्ट्र जोगाउनुपर्ने र त्यसका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन ।

प्रसाईंले आफूले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङको रिस नगरेको भन्दै राम्रो गरी काम गरे आफू कुनै विरोध नगर्ने बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले ममाथि ज्यादती गर्‍योः दुर्गा प्रसाईं