विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै

हङकङ । विश्वका वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले तेस्रो स्थान कायम राख्दै एसिया–प्रशान्त क्षेत्रमा पहिलो स्थान हासिल गरेको छ ।

बेलायती थिंक ट्यांक ‘जेड÷येन ग्रुप’ र चीनको शेन्जेनस्थित ‘चाइना डेभलपमेन्ट इन्स्टिच्युट’ले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स (जीएफसीआई) ४०’ प्रतिवेदनमा विश्वका ११७ वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ । प्रतिवेदनअनुसार हङकङले ७५६ अंक प्राप्त गरेको छ ।

फिनटेक सेवाको क्षेत्रमा हङकङ विश्वमै पहिलो स्थानमा रहेको छ । वित्तीय क्षेत्रको विकासमा पनि हङकङ पहिलो स्थानमा उक्लिएको प्रतिवेदनमा उल्लेख छ । मानव पुँजीको क्षेत्रमा दोस्रो स्थान कायम राखेको हङकङ व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा पुगेको छ ।

विभिन्न वित्तीय क्षेत्रका विज्ञ तथा व्यवसायीले गरेको मूल्यांकनमा हङकङले लगानी व्यवस्थापन क्षेत्रमा विश्वमै पहिलो स्थान हासिल गरेको छ । बीमा र वित्तीय क्षेत्रमा पनि हङकङले विश्वव्यापी रूपमा शीर्ष स्थान कायम राखेको प्रतिवेदनमा उल्लेख छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताका अनुसार हङकङले विद्यमान वित्तीय सुविधाको विस्तार गर्दै स्थिरतामार्फत विकास र विकासमार्फत स्थिरता सुदृढ गर्ने नीतिलाई निरन्तरता दिनेछ । वित्तीय क्षेत्रको प्रभाव र लाभ विस्तार गर्न ‘फाइनान्स प्लस’ अवधारणालाई पनि अघि बढाइने उनले बताए ।

विश्वव्यापी अफशोर रेन्मिन्बी (आरएमबी) व्यापार केन्द्रका रूपमा हङकङले आफ्ना सबल पक्षको उपयोग गर्दै चीनको राष्ट्रिय विकास रणनीतिसँग समन्वय गर्ने र अफशोर आरएमबीको उपयोग विस्तार गर्ने उपायलाई प्रवद्र्धन गर्ने प्रवक्ताले बताए ।

जीएफसीआई प्रतिवेदन सन् २००७ देखि हरेक वर्ष मार्च र सेप्टेम्बरमा सार्वजनिक हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ