काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ बजेर ३५ मिनेटको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यस्तो छ भ्रमण तालिका
बिहीबार
–५ः००–बजेः भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।
शुक्रबार
–बिहान ९ बजेः पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
–५ः०० बजेः भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।
–७ः३० बजेः भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत भेटघाट कार्यक्रममा सहभागी ।
शनिबार
–९ः३० बजेः भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
–११ः३० बजेः दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति’bout प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
–साँझ ४ बजे नेपाल फिर्ता ।
भ्रमण टोलीका सदस्यहरु
सहसचिवः अमृत लम्साल–अर्थ मन्त्रालय
सहसचिवः गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय
उपनियोग प्रमुख ः डा.सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली
इकोनोमिक्स मिनिस्टरः तारानाथ अधिकारी, नेपाली राजदूताबास नयाँदिल्ली
उपसचिवः कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री
सम्बन्धित समाचार
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
शुक्रबार घटेको सुन–चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै






