मेजर दिलबहादुरलाई पत्नीशोक

पोखरा । पोखरा–८, बगालेटोल निवासी एमभिओ मेजर दिलबहादुर गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मायादेवी गुरुङको ८५ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार फिस्टेल अस्पताल, पोखरामा निधन भयो ।

उनको जन्म स्याङ्जा जिल्ला सिरुबारीमा विसं २००२ सालमा भएको हो । गुरुङ दम्पतीका २ छोरा र ३ छोरी छन् । छोराहरुमा देवीप्रसाद गुरुङ र नालेन्द्र गुरुङ (दीपक) तथा छोरीहरु मीनाकुमारी, तारादेवी र शीला गुरुङ हुन् ।

स्व. गुरुङको आइतबार मात्र पोखरा रामघाटस्थित बौद्ध अर्घौ सदनमा अन्त्येष्टि हुने परिवारजनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय