काठमाडौं । सप्तरीबाट गएराति १ हजार ४०० किलो गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका– ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो ।
सदाले घरमा ठूलो परिमाणको गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १ हजार ४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । गाँजासहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ ।
सीमावर्ती गाउँ भएकाले सो गाँजा भारततर्फ निकासी गर्न लागिएको आशंका गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सरुवा (सूचीसहित)
चिलिमे हाइड्रोको टनेलमा भेटियो चारजनाको शव
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालियो
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट






