काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
भ्रमण पूरा गरी फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनका रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए। उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायत सैनिक तालिम तथा शिक्षण संस्था एवं एकाइहरूको निरीक्षणसमेत गरेका थिए।
बेइजिङमा आयोजित तेह्रौँ बेइजिङ सियाङसान फोरममा समेत उनले सहभागिता जनाएका थिए। यस प्रकारको उच्चस्तरीय भ्रमणले नेपाल र चीनबिच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय एवम् सैनिक सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन महत्त्वपूर्ण मद्दत पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन
महाधिवेशनका लागि काँग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक
पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने
प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई पक्राउ गरी छानबिन गर्न जेनजी मुभमेन्टको माग
बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो
वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु सम्मानित, पौरखी नेपालको नयाँ अध्यक्षमा सिन्धु
पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश
धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ वारे अभिमुखीकरण






