पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइते भई उपचारको क्रममा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा आइतबार दिउँसो करिब ३ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राज मगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवती टोलमा बस्दै आएकी २८ वर्षीया मनकुमारी सारू, उनकी ७ वर्षीया छोरी साहिरस सारू, सोही स्थानकै ५ वर्षीया सायरा खाम्चा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको, जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाको कारण’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
सम्बन्धित समाचार
बाढीमा मधेश प्रदेशका अझै १७३ जना सम्पर्क बाहिर
सल्यान पहिरोमा परी एकको मृत्यु, एक घाइते
महाधिवेशनका लागि काँग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक
पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने
भारतीय प्रहरीले मध्यरातमा नेपाली युवालाई पक्राउ गरी लगेकै हो ?
सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद
टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा आउने
डेगु नियन्त्रणमा सरोकारवालाको भूमिका महत्वपूर्ण





